News flash

विराटपथ

बिहिबार, बैशाख ३०, २०७८

विराटनगर । प्रदेश १ मा बिहिबार एक हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरमा मात्र २९६ जना संक्रमित थपिएका छन् ।
मोरङको विराटनगर बाहेक सुन्दरहरैचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा ३–३, पथरीशनिश्चरे, कानेपोखरी, रंगेली र धनपालथानमा २–२, ग्रामथान, बुढीगंगा र लेटाङमा १–१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै झापाको विर्तामोडमा ७७, मेचीनगरमा ३२, दमकमा ३१, अर्जुनधारामा २४, कनकाईमा २३, बुद्धशान्तिमा १८, शिवसताक्षीमा १५, कमल गाउँपालिकामा ११, भद्रपुरमा ८, गौरादहमा ७, बा¥हदशीमा ५, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, गौरीगञ्ज र कचनकवलमा १–१ जना संक्रमित थपिएका छन् । सुनसरीको इटहरीमा ६८, धरानमा ५४, इनरुवामा ५, हरिनगर, दुहवी र स्थानीय तह नखुलेको ३–३, बर्जुमा २, भोक्राहा नरसिंह, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि ताप्लेजुङमा फुङलिङमा ५७, मिक्वाखोला र याङवरकमा ६–६, श्रीजंगामा ४, मेरिङदेनमा ५, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ३४, धर्मदेवीमा ९, चैनपुरमा ६, सभापोखरीमा ३, मादी र मकालुमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १३, नेचासल्यानमा ४, थुलुङ दुधकोशीमा २, महाकुलुङमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, छथरमा ३, महालक्ष्मी, पाख्रीवास र स्थानीय तह नखुलेको १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
भोजपुरको भोजपुरमा ८, षडानन्दमा १, उदयपुरको त्रियुगामा ७, स्थानीय तह नखुलेका २, इलामको सुर्योदयमा २, माई, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथर फिदिम, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको आठराईमा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल