एकै दिन २१४ जनाको मृत्यु

Logo
बिहिबार, बैशाख ३०, २०७८

विराटनगर । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टाको अवधिमा २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृतकको संख्या थपिएसँगै नेपालमा कोरोना सक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार ४६६ पुगेको छ । मन्त्रालयले नेपाली सेनाले ब्यवस्थापन गरेको शवको आधारमा मृत्युको संख्या सार्वजनिक गरेको जनाएको छ ।
मंगलबार मात्र एकै दिनमा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । तर बुधबार भने मृत्यु संख्यामा केही कमि आएको थियो । बुधबार १६८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ रहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]