News flash

विराटपथ

मंगलबार, बैशाख २८, २०७८

सुनसरी । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गए राती २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ५ मिनेटको अन्तरालमा २ संक्रमितको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार मोरङको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको कोभिड अस्पतालमा मृत्यु भएको हो । दुवैको गए सोमबार ५ मिनेटका अन्तरमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार अस्थमाका विरामी विराटनगर १४ का ४८ बर्षीय पुरुषको हिजो राती ९ बजे मृत्यु भएको हो । उनलाई हिजो सोमबार नै कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानमा भर्ना भएका थिए ।
यस्तै, कोशी गाउँपालिका १ का ४३ बर्षीय पुरुषको पनि गए राती ९ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिए । उनलाई बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा १६ गते भर्ना गरिएको थियो । दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

फाइल तस्वीर

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल