सुनसरी । लकडाउनका वेला वजार नपाएर पीडित वनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजकीरण गरेको छ । उपप्रमुख लक्ष्मी गौतमको पहलमा पीडित कृषकलाई राहत दिन चासो दिइएको छ । गौतमले थोक बिक्रेतासँग छलफल गरेर सहजीकरण गरेकी छन् ।
छलफल पछि तरकारी होलसेल ब्यापारीहरुले बारीमै गएर तरकारी उठाउने भएका छन । क्विन्टल भन्दा माथि भए कृषकको बारीमै गएर उठाउने र त्यो भन्दा थोरै भए कृषकले पसलमा ल्याइदिने गरि समन्वय गरिएको उपप्रमुख गौतमले जानकारी दिइन् । लकडाउनका कारण उत्पादित तरकारी वजार सम्म पुर्याउन नसक्दा कृहिएर कृषकहरु पीडित वनेका थिए । कृषकको गुनासो पछि उपप्रमुख गौतमले कृषकको बारीमै पुगेर अनुगमन गरेकी थिएन् ।
अनुगमनका क्रममा आफूले किसानहरु निक्कै पीडित भएको पाएकाले समन्वय गरेको उपप्रमुख गौतमले वताइन् । भारतदेखि तरकारी आयात भइरहेको तर आफनै ठाँउमा उत्पादित तरकारी कुहिएर जानु हुदैन भन्ने अभिप्रायले थोक विक्रेताहरु सँग समन्वय गर्दा उनीहरु सकारात्मक पाएको गौतमले बताइन् ।