News flash

विराटपथ

सोमबार, बैशाख २७, २०७८

विराटनगर । विराटनगरका युवा ब्यवसायी सुनिल टिवडेवालाको अन्तिम संस्कार गरिएको छ । ४५ बर्षिय टिवडेवालाका विराटनगरस्थित सिंघयाघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । दाहसंस्कारमा उनका परिवारका सदस्य, मोरङ ब्यापार संघका पदाधिकारी र राजनीतिकर्मीको उपस्थिति रहेको थियो ।
मोरङ ब्यापार संघका कार्यकारणी सदस्य तथा सल्लाहकार टिवडेवालाको शव ब्यवस्थापनमा बरगाछी युवा समूहका ५ जना युवाले सहयोग गरेका थिए । सोमबार विहान कोरोना संक्रमणका कारण निधन भएका टिवडेवालाको शव ब्यवस्थापनमा बरगाछीका युवा रविन कार्की, राम नेपाल, दृश्यमान शाक्य, अनुराग भण्डारी र संयोग गौतमले सहयोग गरेका थिए । शव ब्यवस्थापनमा सक्रिय राम नेपालले विराटपथसँग भने, ‘हामीले वहाँको परिवारको आग्रह अनुसार शवको ब्यवस्थापन गरेका हौ । अस्पतालदेखि सिंघियाघाट सम्म शव ब्यवस्थापनमा हामीले सहयोग गर्यौ ।’
एक साता अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हाइटेक कार्पेट र एसटी फेब्रिक्स कार्पेट गरि दुई कार्पेट कम्पनी सञ्चालनमा रहेको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल