News flash

विराटपथ

सोमबार, बैशाख २७, २०७८

विराटनगर । सोमबार विराटनगर महानगरपालिकामा ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा प्रदेश १ को मोरङमा सबैभन्दा बढी संक्रमण देखिएको छ । मोरङमा ३९८ जनामा कोरोना संक्रमण देखिएको छ ।
सोमबार प्रदेश १ मा ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमित मध्ये यो संख्या अहिले सम्मकै उच्च हो । गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो ।
मन्त्रालयका अनुसार सोमबार झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
विराटनगर महानगरपालिकामा १२४ महिला र १७७ पुरुष सहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा३–३, धनपालथान, सुनबर्षी र स्थानीयतहनखुलेका १–१ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमलगाउँपालिकामा७, बा¥हदशीमा ४, स्थानीय तह नखुलेका ३, हल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१ मा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहा नरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३,चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल