News flash

विराटपथ

आइतबार, बैशाख २६, २०७८

सुनसरी । सुनसरीको धरान १५ पुर्वेली पथबाट धारिलो हतियार प्रहार गरि लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ परेका अभियुक्तहरुले गोबिन्दमाया विश्वकर्मालाई धारिलो हतियार प्रहार गरेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् । उनीहरुले बैशाख ११ गते बिहान सवा ९ बजे सोही स्थानमा रहेको गोबिन्दमायाको घरमा प्रवेश गरि लुटपाट गरेका थिए ।
मृतकको छोरी झरना र छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरेर उनीमाथि आक्रमण गरेका थिए । अभियुक्तहरुले उनलाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाइका थिए । गोबिन्दमायाको बैशाख १९ गते उपचारको क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।
लुटेरा समूहले नगद दुई लाख सहित घरमा रहेका सुनका गरगहना गरी करिब ११ लाख ४० हजार बराबरको धनमाल लुटेका थिए । सो घटना पश्चात प्रहरीले अभियुक्तको खोजी कार्य शुरु गरेको थियो । पिडित परिवारको जाहेरी तथा स्थानीय मानिसको सुचनाको आधारमा गरेको प्रहरी अनुसन्धानले अभियुक्त पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
पक्राउ परेकाहरुले लुटेर लगेको गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएको दिइन् । प्रहरीले लक्ष्मीको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा सुनका गहनाहरु समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उपर कर्तव्य ज्यान र डाँका मुद्धामा कारवाही प्रकृया शुरु गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल