News flash

विराटपथ

आइतबार, बैशाख २६, २०७८

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ८८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यो अवधिमा देशभर थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिइएको हो ।
काठमाडौँ उपत्यकामा मात्र ४ हजार १९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हा े। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

 

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल