News flash

विराटपथ

आइतबार, बैशाख २६, २०७८

विराटनगर । झापा प्रहरीले विभिन्न मोटर ग्यारेजमा रहेका अक्सिजन ग्याँस सिलिण्डर संकलन गरि रिफिल गर्न सम्बन्धित डिलरमा बुझाएको छ । कोरोना संक्रमितका लागि अक्सिजन ग्याँसको अभाव हुन नदिन प्रहरीले यो सक्रियता देखाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर स्थानिय मोटर ग्यारेजहरुबाट संकलन गरेर ग्याँस भर्न डिलरमा बुझाईएको हो ।
प्रहरीले अक्सिजन ग्याँस सिलिण्डर भेला पार्ने काम बुधबारदेखि शुरु गरेको थियो । शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको थियो । उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागी कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयहरुले आफ्नो क्षेत्रमा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसँग समन्वय गरी जम्मा गरेको थियो । सो सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने समेत सो कार्यालयले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल