News flash

विराटपथ

शनिबार, बैशाख २५, २०७८

विराटनगर । नायक आयुशमान देशराज जोशीसँग बिवाह बन्धनमा बाँधिएकी नायिका प्रियंका कार्की गर्भवती छन् । उनीहरुको दाम्पत्य जीवनले एक बर्षपनि नाघेको छ । लामो प्रेम सम्बन्धलाई उनीहरुले गएको बर्ष फागुनमा दाम्पत्य सम्बन्धमा रुपान्तरण गरेका उनीहरु अहिले सन्तान प्राप्तिको पर्खाईमा छन् ।
नायिका प्रियंकाले गत चैत २० गते शुभेच्छुकहरुको यही जिज्ञासा मेट्दै आफ्नो ‘बेबी बम्प’ सार्वजनिक गरिन् । पति आयुष्मान सहितको तस्वीर सेयर गर्दै उनले आफु आमा बन्न लागेको जानकारी दिएकी उनले अहिले भने लगातार ‘बेबी बम्प’ गर्दै आएकी छन् ।
आफु गर्भवती भएको बिषय सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने प्रियंकाले चैत्र २३ गतेपनि ‘बेबी बम्प’ सार्वजनिक गरेको थिइन् । देशराजसहितको कामुकशैलीको तस्वीर सेयर गरेको सो तस्वीरको क्याप्सन थियो, ‘हाम्रो सानो चमत्कार’
यसै सिलसिलालाई जारी राख्दै प्रियंकाले बैशाख २५ गते अर्को तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छन् । यो तस्वीरमा भने कुनै क्याप्सन दिइएको छैन । आँखा बन्द गरेर उनी निक्कै प्रफुल्लित मुद्रामा देखिएकी छन् । पछिल्लो समय नेपाली नायिकाहरु पनि बेबी बम्प देखाउने लहर चलेको छ । यसअघि नायिका निशा अधिकारी, सिर्जना सुब्बालगायतले बेबी बम्प सार्वजनिक गरेकी थिइन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल