News flash

विराटपथ

शनिबार, बैशाख २५, २०७८

विराटनगर । शनिबारबाट विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफ्नो नीजि मोटरसाइकलमा हिड्न शुरु गरेका छन् । को ८ प ८६२६ नम्बरको मोटरसाइकल पराजुलीको नीजि सवारी साधन हो । जुन उनी विराटनगरको मेयर हुनुभन्दा पूर्व प्रयोग गर्थे । शनिबार उनी दिनभर आफ्नो त्यहि मोटरसाइकलमा महानगरको काममा ब्यस्त भए ।
मेयर भएपछि पराजुलीलाई महानगरपालिकाले को १ झ ४९४ नम्बरको सरकारी सवारी साधन उपलब्ध गराएको थियो । महानगरपालिका भित्र कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि मेयर पराजुलीले सो सरकारी सवारी साधन कोरोना संक्रमित बिरामी ओसारपसार गर्न दिने निर्णय गरेका थिए । शुक्रबार साँझ उनी बिज्ञप्ति मार्फत सो सरकारी साधानलाई कोरोना संक्रमित बिरामीका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिन लागेको जनाएका थिए ।
सोही अनुसार शनिबार दिनभर मेयर पराजुली चढ्ने को १ झ ४९४ नम्बरको टोयटा फच्र्युनर गाडी कोरोना संक्रमित बिरामी बोक्न प्रयोग भएको थियो । शनिबार एकै दिनमा सो सवारी साधानले महानगरपालिका भित्रका ७ जना बिरामीलाई अस्पताल लगेको छ । ‘यो जनता कै सम्पत्ति हो । यस्तो कठिन घडीमा जनताले प्रयोग गर्दा खुशी लागेको छ ।’ मेयर पराजुलीले विराटपथसँग भने, ‘यो सानो कामले जनता थोरै भएपनि राहत मिल्न सक्छ ।’
सो सवारी साधन महानगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल