विराटनगर । शनिबार विराटनगरमा १८५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा ५७८ जना कोरोना संक्रमित थपिदा मोरङ जिल्लामा मात्र २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल प्रदेश १ मा ६ हजार ४५० सक्रिय सक्रमित रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा कोरोना संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१, झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २–२, कचनकवm, झापा गाउँपालिका, बा¥हदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि सोलुखुम्वुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १, इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।