News flash

विराटपथ

शनिबार, बैशाख २५, २०७८

विराटनगर । कोरोना संक्रमणको चपेटाले सारा संसार आक्रन्त बनाईरहेको बेला विराटनगरका केही युवाहरुको सामाजिक भाव भने अनुकरणीय रहेको छ । विराटनगरमा दैनिक कोरोना संक्रमणको दर बढ्दो छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ । यस्तो बिषम् अबस्थामा विराटनगर बरगाछीका ५ जना युवाले शव ब्यवस्थापनमा पुन सक्रियता देखाएका छन् ।


बरगाछी युवा समूहमा आबद्ध रविन कार्की, राम नेपाल, दृश्यमान शाक्य, अनुराग भण्डारी र संयोग गौतम अघिल्लो बर्षपनि शव ब्यवस्थापनमा सक्रिय भएका थिए । अघिल्लो बर्ष उनीहरुले कोरोना संक्रमणबाट मृत्यु भएका ५ जनाको शव ब्यवस्थापन गरेका थिए । उनीहरुको समूहले शनिबारबाट फेरि शव ब्यवस्थापनको कार्य शुरु गरेका छन् ।


विगत केही दिनदेखि विराटनगर – ५ सम्झना चोकमा होम आइसोलेसनमा रहेकी ५५ बर्षिय महिलाको मृत्यु भएपछि शव ब्यवस्थापनमा सोही समूह सक्रिय भएको थियो । उनीहरुले मृतकको शवलाई विराटनगरको परोपकार घाटमा लगेर सद्गद गर्न समेत सहयोग गरेका थिए । मृतकको घरमा गएर सो समूहले सुरक्षा मापदण्ड अपनाई शव ब्यवस्थापन गरेको थियो । मृतकका परिवारको आग्रहमा उनीहरुले शवको ब्यवस्थापन गरेका हुन । मृतकको पतिमा समेत कोरोना संक्रमण रहेको छ ।


‘यस्तो असहज अबस्थामा केही गरौ भन्ने सोचले हामी शव ब्यवस्थापनमा लागेका हौ । अघिल्लो बर्षपनि हामीले यो काम गरेका थियौ । अहिले फेरि सेवाभावले यो काम शुरु गरेका हौ ।’ शव ब्यवस्थापनमा सक्रिय राम नेपालले विराटपथसँग भने, ‘हामीले यो कार्यका लागि जसले सहयोग मागेपनि सेवा गर्न तत्पर छौ । यस्तै दुःखको बेला नै सहयोग गर्नुपर्छ । परेको बेला नै सेवा गर्ने हो ।’


मृतकको घरमा नै पुगेर सो समूह स्वास्थ्य साबधानी अपनाई शव उठाएका थिए । शव उठाउन उनीहरुलाई विराटनगर महानगरपालिकाले शव वाहन उपलब्ध गराएको थियो । सामाजिक अभियन्ता दीपक चाँपागाई युवाहरुको आँट र हिम्मतलाई सबैले सम्मान गर्नुपर्ने बताउँछन् । चाँपागाईले विराटपथलाई भने,‘यस्तो कार्य सबैले गर्न सक्दैन तर जसले गर्छ त्यस्ता ब्याक्तिलाई हौसला र उत्प्रेरणा दिनुपर्छ । उनीहरुको यो सोच सबैलाई उदाहरण बन्न सक्छ ।’

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल