News flash

विराटपथ

मंगलबार, चैत्र ०४, २०७६

विराटनगर । अमेरिकन आइडलको प्रारम्भिक अडिसनबाट छानिएका नेपाली ठिटो दिवेश पोखरेलले फेरि दमदार प्रस्तुति दिएका छन् । उनको प्रस्तुतिमा तीनैजना जज निकै प्रभावित भएका छन् र हौसला दिदै भनेका छन्, ‘वान्स मोर’
अमेरिकन आइडलले सार्वजनिक गरेको नयाँ भिडियोमा स्टेमा गिटार बजाउँदै गरेका दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे । जजहरु उभिएरै उनलाई हौसला दिइरहेका थिए ।
सुरुमा केटी पेरीले उठेर ‘मोर…’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।
आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई पुलुक्क हेरे ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल