News flash

विराटपथ

सोमबार, बैशाख १३, २०७८

विराटनगर । अक्सिजनको कमीले मानिस कसरी मृत्युको मुखमा पुग्दैछन् भन्ने उदाहरण भारतमा देखिएको छ । तस्वीरमा करुणिक लाग्ने यो तस्वीर भारत युपीको आग्रा शहरको हो ।
कोरोना संक्रमणका महामारी फैलिरहेको बेला अक्सिजनको अभावमा मानिसले कसरी मृत्युवरण गर्नुपरेको छ भन्ने पीडादायी दृश्यहरु भारतमा देखिन थालेको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कोरोना संक्रमणबाट ग्रस्त भएका एक पतिलाई पत्नीले अटोमा राखेर कुनै अस्पताल लैजादै गरेको देखिन्छ । अक्सिजनको चरम अभाव भएर स्वास फेर्न असहज भएपछि ती कोरोना संक्रमितलाई पत्नीले आफ्नो काखमा राखेर आफ्नो मुखबाट स्वास दिन थाल्छिन् ।
भारतको आग्रा शहरको विकास कोलोनी सेक्टरमा बस्ने रवि सिंहलको कोरोना संक्रमणले एकाएक स्वास्थ्य अबस्था बिग्रदै गयो । उनको पत्नी रेणुसँग पतिलाई बचाउन लाखौ कोसिस गरिन् । अस्पतालमा अक्सिजनको अभाव भएपछि उनले पटक पटक आफ्नो मुखबाट पतिलाई स्वास दिइन् । अहिले भारतमा सो तस्वीर भाइरल भएको छ । तर बिडम्बना उनको त्यो प्रयास सार्थक हुन सकेन । पति रविले पत्नी रेणुको काखमा प्राण त्याग गरे ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल