विराटनगर । कोरोना भाइरसको संक्रमणबाट नेपाली काँग्रेसको नेतृ तथा संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको निधन भएको छ ।
बाँकेको नेपालगञ्ज ३ निवासी संविधानसभा सदस्य सिद्दिकीको शनिबार उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी कोरोना संक्रमण भएपछि केही दिनदेखि भेरी अस्पतालको भेन्टिलेटरमा रहेर उपचाररत थिइन् । २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्दिकीले भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेकी थिएन् । उनको दुई छोरा र एक छोरी छन् ।