News flash

विराटपथ

शनिबार, बैशाख ११, २०७८

विराटनगर । प्रदेश १ मा आज एकसय ३६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका नौ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा सबैभन्दा बढी ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे, रतुवामाई, कटहरी, धनपालथान र उर्लाबारीमा १–१ रहेका छन् । त्यसैगरि झापाको विर्तामोडमा सात, झापा गाउँपालिकामा चार, अर्जुनधारामा ३, शिवसताक्षी, हल्दिबारी र भद्रपुरमा २–२, गौरीगञ्जमा एक जना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा १०, इटहरीमा चार, बर्जुमा दुई, रामधुनी, दुहवी, इनरुवा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा आठ, स्थानीय तह नखुलेका एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, इलामको इलाम नगरपालिकामा दुई र स्थानीय तह नखुलेका एक, तेह्रथुममा एक, ताप्लेजुङमा एक रहेका छन् ।
त्यस्तै ओखलढुङ्गाको सिद्धिचरणमा एक र प्रदेश १ बाहिरका नौ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार तीनसय २२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९४४ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या आठसय ९९ पुगेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल