News flash

विराटपथ

शनिबार, बैशाख ११, २०७८

विराटनगर । खोटाङको हलेसीतुवाचुङ नगरपालिका १ कदुवास्थित मध्ये पहाडी लोकमार्गमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो हलेसी महादेवको दर्शन गरी फर्कने क्रममा बा ३ ख ९२८५ नम्बरको बस दुर्घटना भएको थियो ।
हलेसीबाट सप्तरी फर्केने सो बस आफै अनियन्त्रित भई सडकबाटबाट अन्दाजी १५ मिटर तल तल्लो सडकमा खसेको थियो । दुर्घटनामा परि बसका सह चालक सिन्धुली घ्याङलेक गाँउपालिका १ का २५ बर्षिय अनिल तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चालक सहित ३९ जना यात्री सवार सो बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । ती मध्ये १६ जना सामान्य घाईते भएका छन् ।
दुर्घटना पश्चात प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले घाईतेहरुको उद्दार गरि उपचारको लागि अस्पताल पठाईएको थियो । दुर्घटनामा अबरुद्ध भएको सडक दिउँसो बाट सूचारु भएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल