विराटनगर । सुनसरीको इनरुवामा चश्मा पसलको ब्यापार गर्ने विराटनगरका एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनको शनिबार विहान उपचारका क्रममा मृत्यु भएको हो ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–६ ठेगाना भएका ४८ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । उनी लामो समयदेखि इनरुवाको हस्पिटल लाइनमा चश्माको पसल सञ्चालन गर्दै आएका थिए । उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको थियो ।
सङ्क्रमित पुरुषको उपचारकै क्रममा शनिबार बिहान ७ बजेतिर ज्यान गएको हो । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएका मृतकमा रुघा, खोकी र ज्वरोको समस्या रहेको थियो । उनी मधुमेह सम्बन्धी पुरानै समस्या पनि थियो ।