News flash

विराटपथ

शुक्रबार, बैशाख १०, २०७८

विराटनगर । विराटनगरमा शुक्रबार ५४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ७२ जना नयाँ संक्रमित थपिदा विराटनगर महानगरपालिका सबैभन्दा धेरै संक्रमित थपिएका हुन ।
मोरङको बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १–१ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार प्रदेश १ मा एकसय १६ जना कोरोना संक्रमित थपिएका छन् । जस अन्तरगत झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमक र अर्जुनधारामा ४–४, भद्रपुरमा २, कन्काई, मेचीनगर, विर्तामोड र झापा गाउँपालिकामा १–१ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ४, इटहरी र इनरुवामा २–२ र बराहक्षेत्रमा १ जना, उदयपुरको कटारीमा ४, धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १–१ जना, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १–१ जना, संखुवासभाको धर्मदेवी र सिलिचोङमा १–१, ते¥हथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल