विराटनगर । ताप्लेजुङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको छ । ताप्लेजुङको मेरिङदेन गाँउपालिका २ जिदिमा का २९ बर्षिय प्रताप भन्ने आकाश लिम्बुले सोही स्थान बस्ने ५० बर्षिय शिक्षक खडकबहादुर लिम्बुको भरुवा बन्दुक प्रहार गरि हत्या गरेका हुन ।
बिहीबार बेलुका साढे ५ बजे आफ्नै घरमा बसिरहेको अबस्थाका शिक्षक खडकबहादुरलाई आकाशले एक्कासी भरुवा बन्दुकले हानी हत्या गरेका थिए । अभियुक्त आकाशलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको सो कार्यालयले जनाएको छ ।