विराटनगर । विराटनगर महानगरपालिकाले भोलिबाट एक साताका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिद्यार्थीको परीक्षा नजिकै आउँदै गर्दा शैक्षिक बिदा भन्दै महानगरले एक साताका लागि बिद्यालय बन्द गर्ने तयारी गरेको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएका कारण नीजि तथा सामूदायिक बिद्यालय बन्द गर्न लागिएको हा ।
‘कोरोनाका कारण मात्र होइन अहिले बिद्यालयमा परीक्षाको तयारी पनि भइरहेको छ ।’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटपथसँग भने, ‘बिद्यार्थीमा कोरोनाको संन्त्रास नफैलियोस् भनेर शैक्षिक बिदालाई जोड दिएका हौ । उनीहरुले घरमा नै बसेर परीक्षाको तयारी गर्न सकुन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङलाई कोरोना महामारीको अति प्रभावित जिल्लामा राखेपछि महानगरको नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सबै विद्यालय वैशाख ६ देखि १३ सम्म विदा दिने निर्णय गरेको हो ।