विराटनगर । शनिबार विराटनगरमा हुने छैठौ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेलमा पहिलो पटक भारतको पंजाव पुलिसले नेपालको विभागिय टिम सशस्त्र प्रहरी ९एपीएफ० को सामना गर्दैछ । साँझ साढे ६ बजेबाट शुरु हुने फाइनलमा दुबै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ ।
पाहुना टोली पंजावले पहिलो पटक गोल्डकपमा सहभागिता जनाएको हो । विराटनगरको भम्रण फलदायी बनाउने लक्ष्यमा रहेको पंजावलाई रोक्न एपीएफ चाहान्छ । राम्रो लयमा रहेको एपीएफयो सिजनको रक्षा गर्दै गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।
एपीएफले विभागीय चिरप्रतिद्धोन्दी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । एपीएफले क्वाटरफाइलमा प्रहरीलाई २–० ले र सेमिफाइनलमा विराटनगरलाई ३–२ हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै विराट गोल्डकपको पहिलो पटक भाग लिएको पंजावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २–०, गोरखा ब्वाइज क्लब रुपन्देही ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूव बिजेता टिम संकटा क्बललाई १–० हराउँदै पंजाव फाइनलमा स्थान पक्का गरेको हो ।
एपीएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुगेको थियो । त्यसबेला संकटासँग १–० गोलले पराजित भयो ।
सहिद मैदानमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताए । एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले विराट गोल्डकपमा यो सँगै दोस्रो पटक फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै दोस्रो पटक विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ एपीएफका प्रशिक्षक श्रेष्ठलले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’ उनले फाइनलमा ४–१, ४–१ को रणनीतिमा मैदानमा उत्रिने बताए ।
एपीएफका कप्तान सुदीप शिखाकारले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘पंजाव राम्रो टिम हो । पंजावको अग्दा कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ एपीएफका कप्तान शिखाकारले भने, ‘पंजावका अग्गा कद भएका खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’
नेपालमा पहिलो गोल्डकप खेल्न आएको पंजाव विराट गोल्डकपको फाइनलमा पुगेको हो । पंजावका प्रशिक्षक हरनेक सिंहले फाइनल अघि जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरुप फाइनल खेल्ने बताए । नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने, ‘आहा रारा गोल्डकपको च्यम्पियन टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क छौं ।’ उनका अनुसार पंजावले ४–४–२ को रणनीतिमा खेल्ने बताए । ‘सेमिफाइनलमा कप्तान जगदीप सिंहले पाएको रातो कार्डमा पुनःबिचार गर्न आयोजकलाई आग्रह गरेको छौं,’ उनले भने, ‘हाम्रो खेलाडीले कुनै गल्ती गरेको छैन । भिडियो फुटेज हेरेर आयोजकले रातो कार्ड लिएको विषयमा पुनः बिचार गरिदिनुपर्दछ ।’
पंजावका कप्तान जगदीपले हामीले उत्कृष्ट खेल प्रर्दशन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उनले भने । बिहीबारको अन्तिम सेमिफाइनल खेल सकिएपछि खेलाडीसँग विवाद भएपछि पंजावका कप्तान जगदीप र संकटाका साहिद स्मार्टलाई रेफ्री श्याम दनुवारलाई रेड कार्ड दिएका थिए । कार्ड पाएसँगै पंजावका कप्तान जगदीप फाइनल खेल्नबाट बंन्चित हुने भएका छन् । प्रशिक्षक हरनेशका अनुसार जगदीपको ठाउँमा फाइनलमा हरजीन्द्र सिंहको कप्तानमा पंजाव पुलिस मैदान उत्रिने छन् ।
चैत २६ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले १५ लाख १५ हजार र उपबिजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।