

विराटनगर । हरेक दिन कोरोना संक्रमितको संख्या बढेर गएको छ । विराटनगर महानगरपालिका क्षेत्रमा बालबालिकामा समेत कोरोनाको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार विराटनगरमा १४ संक्रमित थपिएका छन् ।
प्रदेश १ मा शनिबार मात्र ३३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा बढी मोरङ जिल्लमा रहेको छ । मोरङमा कुल १८ जना संक्रमित थपिएका छन् । जसमध्ये विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा एक एक जना रहेका छन् ।
त्यसैगरि झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २–२ जनामा संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण थपिएका छन् ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ३० हजार पाँच सय ६५ पुगेको छ । संक्रमित भएकामध्ये २९ हजार आठ सय ७८ संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा अहिले सक्रिय संक्रमित दुई सय १५ रहेका छन् ।