युवा संघ त्यागेर तरुण दलमा प्रवेश

Logo
शुक्रबार, बैशाख ०३, २०७८

विराटनगर । पछिल्लो समय नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलमा युवाहरुको आबद्धता हुने क्रम बढेर गएको छ । तरुण दल विराटनगर नगर समितिको सक्रियतामा करिब एक सय भन्दा बढी युवाहरु नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।
तरुण दल विराटनगर नगर समितीका सदस्य रिर्चड गौतमका अनुसार केही महिना अघि युवा संघ नेपालमा प्रवेश गरेका लक्ष्मण नेपालको नेतृत्वमा बिनोद कार्की, सुभाष बिक, आकाश खतिवडा, अमनकुमार राय र रोहित राय लगायतका युवाहरुको समूह तरुण दलमा प्रवेश गरेको छ । नवप्रवेशी युवालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक समारोहका बीच स्वागत गरेका थिए । नेपाली काँग्रेस वडा समिति ५ ले आयोजना गरेको कार्यक्रममा अंकित भण्डारी, सिजन राई, विवेक बस्नेत, ईश्वरमान सिंह अधिकारी, शक्ति तिवारी, कृष्ण शर्मा, सरोज यादव, अनिल यादव लगायतका युवाको समूह समेत तरुण दलमा प्रवेश गरेको थियो ।
नयाँ बर्षको अवसर पारेर गरिएको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरि न्यौपाने, जिल्ला सचिव नागेश कोइराला, मोदराज घिमिरे, दिपक चापागाई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]