News flash
संकटालाई स्तब्ध बनाउँदै पंजाव पुलिस फाइनलमा

विवादका कारण दुई खेलाडीलाई रेड कार्ड

विराटपथ

बिहिबार, बैशाख ०२, २०७८

विराटनगर । यस बर्षको आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता समेत रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव फाइनलमा पुगेको हो ।
पंजावले विराट गोल्डकपको उपाधिको लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पंजावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पु¥याएको हो । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेलान्टि एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भयो ।

दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । खेलको ७ औं मिनेटमा संकटाका तिर्थ बस्नेतलले बललाई एक्दै अगाडी बढाएर पेलान्टी एरिया नजिकदेखि गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । खेलको १० औं मिनेटमा पंजावका हरेसदेव सिंहले बल टच नगरि प्रहार गर्दा गोल पोस माथिबाट बाहिरयो । २०७० को विराट गोल्कडपको बिजेता संकटाले यसपटक पनि उपाधि दाबेदारी पेश गर्ने टोलीमध्ये एक थियो । तर पंजाव उसको सपनाको बाधक बन्यो । सुरुदेखि नै दुवै टिम आक्रम देखि पनि रक्षापंत्तिको कमजोरीमा संकटा पछि प¥यो । खेलको १५ औं मिनेटमा गणेश हमालले निकालिएको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि गरेको हेड पंजावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । १७ औं मिनेटमा फेरी संकटाका तिर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरयो । खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबावा थापाले उत्कृष्ट बचाउँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफममा संकटाका खेलाडीले आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसक्दा सेमिफाइनलदेखि बाहिरनुप¥यो ।
यसअघि संकटाले आरा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४–२ गोलले हराउँदै उपाधि जितेको थियो । यो सँगै संकटाले दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । दोस्रोे हाफपछि संकटाले खेल बराबरीमा ल्यान आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो ।
खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

विवादका कारण दुई खेलाडीलाई रेड कार्ड
खेल सकिएपछि संकटा र पंजावका खेलाडीबिच केहीबेर तनाव उत्पन्न भएको थियो । दुबै पक्षका खेलाडी हात हालाहालको अबस्थामा पुगेपछि दुई खेलाडीले रेड कार्ड पाएका छन् । पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड कार्ड पाए । रेफ्री श्याम दनुवारले खेल सकिएको सिठ्ठी बजाउने बित्तिकै संकटा र पंजावका खेलाडी बिच झगडा उत्पन्न भएको थियो । रेड कार्ड पाएसँगै पंजावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल