बिहिबार विराटनगरमा ८ जना कोरोना संक्रमित थपिए

Logo
बिहिबार, बैशाख ०२, २०७८

विराटनगर । प्रदेश १ मा बिहिबार १६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये विराटनगरमा मात्र ८ जना नयाँ संक्रमित थपिएका हुन ।
प्रदेश १ अन्तरगत मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमलगाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ५सय ३२ पुगेको छ । संक्रमितमध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् । १९५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]