

विराटनगर । प्रदेश १ मा दिनदिनै कोरोना संक्रमितको संख्या बढेर गएको छ । मंगलबार विराटनगरमा १३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा भने २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ अन्तरगत मोरङमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङ विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा २–२ त्यसैगरि भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । हाल सम्म संक्रमितको संख्या ३० हजार ४९६ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् ।