सुनसरी । सुनसरीको इटहरीमा एक वृद्धलाई टिपरले किचेर मारेको छ । बस पर्खेर बसेका इटहरीका एक वृद्धलाई कोशी राजमार्ग अन्तर्गत इटहरी – १ आँपगाछीमा टिपरले किचेर मारेको हो ।
उनी बस सडकमा उभिइरहेका थिए । सोही स्थानका ८२ वर्षीय कर्णबहादुर गुरूङलाई प्रदेश १- ०२ – ००१ ख ८६६५ नम्बरको टिपरले गुरुङलाई ठक्कर दिएर मारेको बताइएको छ । ब्याक गर्दै गरेको टिपरले आइतबार दिउँसो गुरूङलाई टिपरले सुरूमा ठक्कर दिएको थियो । सामान्य ठक्कर दिएपछि उठ्दै गरेका गुरूङलाई ब्याक गरेर किचिर मारेको स्थानीयबासीले आरोप लगाएका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरूङ बिपी प्रतिष्ठानमा उपचारका लागि भनेर हिँडेका थिए ।
क्रसर उद्योगबाटबाट बालुवा लिएर चालक २९ वर्षीय अनिल चौधरी आँपगाछीसम्म पुगेका थिए । उनले बालुवा झार्ने स्थान थाहा नपाएपछि मोवाइलमा कुरा गर्दै थिए । सोही बेला उनले टिपर ब्याक गरेको र ठक्कर दिएको स्थानीयले बताए । ठक्करबाट सामान्य घाइते भएका ती बृद्धलाई टिपर चालकले पुन ब्याक गरेर किचेका थिए । स्थानीयबासी टिपरले किचेर मारेको भन्दै स्थानीय आन्दोलनमा निस्किएका छन् । सोमबार दिउँसो उनीहरूले राजमार्ग नै अवरुद्ध पारेका थिए । टिपर र चालक भने प्रहरीको नियन्त्रणमा छन् ।