News flash

विराटपथ

मंगलबार, चैत्र ३१, २०७७

विराटनगर । विराटनगर महानगरपालिका – १९ धनपुरामा मृत अबस्थामा फेला परेका कान्छा भनिने नितेश राईको मृत्युका कारण झुण्डिएर भएको प्रहरीले जनाएको छ । पोष्टमार्डम रिर्पोटमा मृत्यु हुनुको कारण झुण्डिएर भन्ने उल्लेख भएको जनाउँदै भिसेरा रिर्पोटमा समेत बिषादीको प्रयोग नभएको देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले मृतकको परिवारलाई समेत यस बिषयमा जानकारी दिएको बताए । उनले विराटपथसँग भने,‘कज अफ डेथ डु टु ह्याङगिङ अर्थात मृत्युको कारण झुण्डिएर भन्ने पोष्टमार्डम रिर्पोटले देखाएको छ । यस अर्थ उनको झुण्डिएर मृत्यु भएको हो भन्ने बुझ्न सकिन्छ ।’
चैत्र ६ गते विहान ३८ बर्षिय कान्छा भनिने नितेशको धनपुरास्थित एक रुखको मुनि घोप्टो परेको अबस्था शव फेला परेको थियो । चैत्र ५ गते बिहिबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भनि हिडेका उनको भोलिपल्ट शंकास्पद अबस्थामा शव फेला परेपछि आफन्तले उनको हत्या भएको आरोप लगाउँदै आएका थिए । विराटनगर – ३ आयल निगम छेउ घर भएका राई बिहिबार साँझ ६ : ३० बजे आफ्नै स्कुटर लिएर धनपुरामा साथीहरुसँग भेट्न जान्छु हिडेका थिए । उनको शव धनपुराको एक खेतको बीच भागमा रहेको पिपलको रुखको मुनि अनुहारमा चोट लागेको अबस्था भेटिएको थियो ।
मोरङ प्रहरीका डिएसपी तथा प्रवक्ता मानवहादुर राईले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको बिधि बिज्ञान प्रयोगशालामा गरिएको भिसेरा परिक्षणमा समेत कुनैपनि प्रकारको बिषादीको प्रयोग गरेको वा गराइएको नभेटिएको बताए । भिसेरा परिक्षणमा मृतकलाई बिषको प्रयोग गराइएको छ कि छैन भनेर परिक्षण गर्ने गरिन्छ । उनको पोष्टमार्डम भने कोशी अस्पतालमा गरिएको थियो । कोशी अस्पतालका डा. दिक्षान्त पोखरेलले मृतकको पोष्टमार्डम गरेका थिए ।
तनावमा थिए, कान्छा
झुण्डिएर मृत्यु भएको पुष्टि भएपनि उनको हत्या हो वा आत्महत्या प्रहरीले प्रष्ट बताएको छैन । तर आर्थिक कारणले गर्दा उनी अत्याधिक तनाव रहेको प्रहरीको भनाई छ । ‘हामीले सुक्ष्म रुपमा परिवार र उनका नजिकका साथीभाईसँग पनि सोधपुछ गर्यौ । आर्थिक कारणले गर्दा उनी डिप्रेसनमा रहेको भन्ने हाम्रो बुझाई रह्यो ।’ प्रवक्ता राई विराटपथसँग भने, ‘आफु बस्दै आएको घर जमीनपनि लिलामीमा निस्किएको रहेछ । मृतकको आमाको नाममा रहेको एक बिगाहा जमीनपनि बिक्री गरिएको रहेछ । यो कारण उनी ज्यादै मानसिक तनाव रहेको भन्ने बुझेका छौ ।’
मृतक राईको फाईल तस्वीर

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल