News flash

विराटपथ

मंगलबार, चैत्र ३१, २०७७

विराटनगर । विराटनगरमा जारी छैठौ संस्करणको विराट गोल्डकपमा आज सङ्कटा क्लब काठमाडौँले क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको यो चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हो । विराटनगरस्थित सहिद रङ्गशालामा साँझ ७ बजेबाट सुरु सो खेल पश्चात क्वाटरफाइनलको समीकरण पुरा हुनेछ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । एपिएफले फाइनल प्रवेशका लागि विराटनगरको सामना गर्नेछ । विराटनगरले शनिबार भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तै आइतबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई २–० गोलले हराउँदै पञ्जाब पुलिसले अन्तिम आठमा स्थान बनाइसकेको छ । सङ्कटा र अफ्रिकन रुट्सबीचको विजेता टोलीले फाइनलका लागि पन्जाब पुलिससँग खेल्नेछ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल