News flash

विराटपथ

शनिबार, चैत्र २८, २०७७

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाण्डौ र नेपाल प्रहरी काठमाण्डौको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
एक पक्षिय खेल पस्किएको विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका छन् । खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनिलले डि बक्स भित्रदेखि गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको पाँच मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीको पासमा कप्तान दिपक राईले गोल गर्ने गतिलो अवसर गुमाए । दिपकले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । यस्तै ९ औं मिनेटमा विराटनगरका सुनिल खड्काले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोष्ट माथिदेखि बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।
पहिलो हाफमा विराटनगरले भारतलाई दबाबमा राखेको थियो । तर थप गोल गर्न सकेन । पहिलो हाफसम्म १– ० गोलले अग्रता कायम गरेको विराटनगरले दोस्रो हाफदेखि भारतका खेलाडीले सुधारेको प्रर्दशन ग¥यो ।
खेलको ६८ मिनेटमा भारतका सौरभ तामाङ्गले बल रोक्दै प्रहार गर्नुपर्ने स्थितिमा सोझै प्रहार गर्दा फितलो हुन पुग्यो । ७० औं मिनेटमा भारतका सुरज राउतले पाएको अवसर विराटनगरका गोल रक्षक किशोर गिरी बाधक बने । सुरजले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन । पहिलो हाफमा १ गोलले पछि परेको भारतले दोस्रो हाफमा भने राम्रो खेल प्रदर्शन गर्न सकेन । ७५ औं मिनेटमा फ्रिकिकको अवसर पाए पनि भारतले सदुपयोग गर्नबाट चुक्यो ।
खेलको ८६ औं मिनटेमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । सन्तोष खड्काले निकालेको क्रस पासलाई प्रकाशले किलियर गरेका हुन् । सुनिलले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै सुनिलले खेलको ८८ औं मिनेटमा गोल गरे । उनले गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो ।
खेलको म्यान अफ द म्याच विराटनगरका दुई गोल गर्ने सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।
आइतबारको दोस्रो क्वाटरफाइनल खेल मछिन्द्र क्लब काठमाण्डौ र भारतको पंजाव पुलिस बिच प्रतिस्पर्धा हुनेछ । भारतको पंजावले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल