News flash

विराटपथ

शनिबार, चैत्र २८, २०७७

विराटनगर । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल बिजयी भएका छन् । नेपाल प्रेस युनियन, प्रेस संगठन लगायतको गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले प्रेस चौतरी नेपालबाट अध्यक्षको प्रत्यासी बनेकी निर्मला शर्मालाई पराजित गरेका हुन ।
त्यसैगरि बरिष्ठ उपाध्यक्षमा गठबन्धन कै उम्मेदवार रमेश बिष्ट बिजयी भएका छन् । महिला उपाध्यक्षमा पोखरेलकै प्यानलबाट उम्मेदवार बनेकी बाला अधिकारी बिजयी हुँदा सोही प्यानलका रोसन पुरी निर्वाचित भएका छन् । करिब २ हजार मत भन्दा बढीले पोखरेलले प्रतिद्धन्द्धी शर्मालाई पराजित गरेका हुन ।
युनियन, प्रेस संगठन, माधव नेपाल निकट प्रेस चौतारी लगायतका बिभिन्न संगठनबाट गठबन्धन बनाएर उम्मेदवार बनेका सबैजना मत परिणाममा अगाडी देखिएका छन् । प्रेस युनियनले आफ्ना उम्मेदवार बिजयी भएको भन्दै अबिर तथा फुलमाला लगाई दिएर बिजयोत्सब मनाउन शु? गरेको छ ।
निर्वाचन समितिले भने यसको आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल