News flash

विराटपथ

शनिबार, चैत्र २८, २०७७

विराटनगर । प्रहरी प्रधान कार्यालयले तीन सय ६६ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । नेपाल प्रहरीमा तीन महिना अघि नै हुनुपर्ने नियमित सरुवा हुन सकेको थिएन । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो सङ्ख्यामा इन्सपेक्टरको सरुवा गरेको हो ।
कार्यालयले शुक्रबार तीन सय ६६ जना इन्सपेक्टरको सरुवा निकालेको हो । प्रहरी अधिकृतको एक वर्षमा नियमित सरुवा हुनुपर्ने नियम छ । तर इन्सपेक्टरहरुको सरुवा तीन महिना अघिदेखि हुन सकिरहेको थिएन । शुक्रबार सरुवा भएका इन्सपेक्टरहरु २०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए ।
मोरङका बिभिन्न पाँचवटा इलाका प्रहरी कार्यालयमा नयाँ इन्सपेक्टरको सरुवा भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा सरोज खनालको सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत थिए । प्रहरी दिवसको अवसरमा उनी उत्कृष्ट कार्य गरे वापत पुरस्कृत भएका थिए । त्यस्तै पथरीमा सन्तोषकुमार पोखरेल, रङ्गेलीमा अनमोल खड्का, रानीमा प्रकाश राउत र उर्लाबारीमा राजाराम खड्काको सरुवा भएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल