विराटनगर । नेकपा एमालेको माधव नेपाल समूहले मोरङमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा भएको भेलाले विराटनगर महानगर कमिटी समेत गठन गरेको छ ।
चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी र पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गठन गरिएको हो । जिल्ला कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा.उद्धव पोखरेल छन् । यस्तै सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राई चुनिएका छ । महानगर कमिटिको उपाध्यक्षमा खेम तिम्सिना, सचिवमा किरण दाहाल, उपसिचवमा योगेशराज भण्डारी चयन भएका छन् ।