News flash

विराटपथ

शुक्रबार, चैत्र २७, २०७७

विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान विपरित काम गरेको बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा नेता नेपालले प्रधानमन्त्रीले पार्टी विधान विपरित काम गरेको त्यस्तो कार्य गर्नेलाई साथ नहुने प्रष्ट पारे । उनले विधान विपरित काम गर्नेलाई साथ र समर्थन गर्नेहरु दासको संज्ञा दिए ।
नेता नेपालले आफुहरु दास नरहेको र प्रधामन्त्री ओलीको मुख हेरेर आन्दोलनमा नजुटेको बताउदै भने, ‘हामी माक्सवाद, लेलिनवादको निर्देशनबाट अगाडी बढेका छौं, हामी कम्युनिष्ट आन्दोलनमा समर्पित भएका छौ र हामी राष्ट्र र जनताका लागि समर्पित भएका छौ । व्यक्ति आउछन्, जान्छन, आन्दोलन बढीरहने छ ।’
अदालतको निर्णयमा आफुहरुको सहमति नरहेपनि सो निर्णय मानेको बताउँदै उनले भने, ‘अदालतको फैसला अनुसार पार्टी पुरानो अवस्थामा फर्केको हो भने २०७५ साल जेष्ठ २ गतेको दिनमा एमालेको नेतृत्वमा जो थिए, उनीहरु कायम रहनुपर्छ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल