News flash

विराटपथ

सोमबार, चैत्र ०३, २०७६

उर्लाबारी । मोरङको उर्लावारी नगरपालिका ८ आम्वारीमा सोमवार साँझ आगलागी भएको छ । आगलागीबाट २ घर जलेर नष्ट भएका छन् ।
सञ्चारकर्मी सरोज बस्नेतका अनुसार स्थानिय पवित्रा सुव्वा र मकर लिम्बूको घरमा आगो लागेको हो । आगोलागीवाट नष्ट भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । साँझ तिर स्थानियवासीले पवित्रा सुव्वाको घरको धुरीमा आगो देखेपछि निभाउन प्रयास गरेका थिए ।
दमक र गौरादह वाट आएका दमकलले आगोलाई २ घण्टा पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागी वाट करिब ५० लाखको क्षति भएको प्रहरीले वताएको छ । लिम्वुको घरमा पालेको सुगुर पनि आगोको लप्का लागेर मरेको छ । बिद्युत सर्ट भइ आगलागी भएको आशंका प्रहरीले गरेको छ । साँझ पौने सात बजे लागेको आगो स्थानीय दमक र प्रहरी शशस्त्रको प्रयासमा नियन्त्रणमा ल्याइएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल