News flash

विराटपथ

सोमबार, चैत्र २३, २०७७

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालको पहाडी र तराईको जिल्लाहरुमा महसुस गरिएको हो ।
सिक्किमको सञ्चारमाध्यमहरुले जनाएर अनुसार ५ दशमलव ४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस गरिएको छ । नेपालको झापा, मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाहरुमा भूकम्पपको धक्का महसुस गरिएको थियो । सिक्किममा करिब १५ सेकेन्ड भूकम्पको धक्का महसुस गरिएको थियो ।
सो क्षेत्रमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर सडकमा निस्किएका थिए ।
सिक्किमको राजधानी गन्टोकबाट २५ किलोमिटर पूर्व भूकम्पको केन्द्रबिन्दु रहेको भारतको भूकम्प विज्ञान राष्ट्रिय केन्द्रले जनाएको भारतीय सञ्चारमाध्यम इन्डिटिभीेले जनाएको छ ।
सो भूकम्पको धक्का भारतको उत्तर बंगाल र बिहार तथा भुटानको केही भागमा महसुस गरिएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल