News flash

विराटपथ

बिहिबार, चैत्र १९, २०७७

विराटनगर । आज अप्रिल फुल अर्थात अप्रिल महिनाको १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिनको रुपमा लिइन्छ । ती देशमा अरुलाई मूर्ख बनाएर मजाकको पात्र बनाउँदै आजको दिनमा रमाइलो गर्ने गरिन्छ ।
पछिल्लो केही वर्ष यता नेपालमा पनि यसको प्रभाब देखिन थालेको छ । नेपालमा पनि एक अर्कालाई झुक्याएर ‘अप्रिल फुल’ मनाउने गरिन्छ । कतै आज तपाई पनि मुर्ख बन्दै हुनुहुन्न, सचेत रहनु होला । झुक्याएर अरुलाई मुर्ख बनाउँदै रमाइलो गरेर मनाउने यो चलनलाई कतिले सहज रुपमा लिने गरेका छन् तर कतिले भने विकृतिको नमूना भन्दै आलोचना पनि गर्ने गरेका छन् ।
कसरी मनाउन थालियो ‘अप्रिल फुल’ ?
अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने भरपर्दो तथ्यांक उपलब्ध नभए पनि मध्यकालमा यूरोपका धेरै शहरहरूमा मार्च २५ देखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गर्थे । तर जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्थेहरु पनि उत्तिकै थिए । जनवरी १ लाई नयाँ बर्ष मनाउनेले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले । १६ हौँ शताव्दीको मध्य तिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिएको भन्ने भनाई रहेको छ । तर युरोपका अन्य धेरै शहरहरूमा त्यसबेला सम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो ।
त्यस्तै सन् १५८२ मा पोप चार्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डरको लागू गरेपछि ‘अप्रिल फुल’ को शुरुवात भएको भन्ने भनाई रहेको छ । शुरुमा नयाँ सालको रुपमा अप्रिल १ लाई लिने गरिन्थ्यो । तर सन् १५८२ मा यसलाई बदलेर नयाँ वर्षको पहिलो दिनका रुपमा १ जनवरीलाई कायम गरिएको थियो ।
अहिले पनि विभिन्न पश्चिमी देशमा आफ्ना मित्रहरूलाई विभिन्न शैलीमा झुक्याउन सकियो भने आफूलाई महानता भएको ठान्ने प्रचलन आजसम्म पनि रहेको पाइन्छ । कसैको काम विगार्ने शैलीमा होइन कि रमाइलो र ठट्टाका रुपमा यस्तो कार्य गर्ने प्रचलन झन् बढ्दो रूपमा भइरहेको पाइन्छ । स्कटल्यान्डमा अप्रिलको पहिलो तारिखलाई ठग दिवसको रूपमा मनाइने गरिन्छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल