तरुण दल सुनसरीमा जिल्ला सदस्य थपिए

Logo
बुधबार, चैत्र १८, २०७७

सुनसरी । नेपाल तरुण दल सुनसरीले जिल्ला कार्यसमितिको विस्तार गरेको छ । तरुण दलले आफ्नो मातृसंस्था नेपाली काँग्रेसलाई थप बलियो बनाउने उद्धेश्य अनुसार कार्यसमिति बिस्तार गरेको हो ।
तरुण दल सुनसरीको बुधबार बसेको बैठकले जिल्लाका सबै पालिकाका प्रतिनिधित्व गराउँदै कार्यसमिति बिस्तार गरेको छ । तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङका अनुसार जिल्लाका तरुण दलका क्षेत्रीय तथा नगर समितिका अध्यक्ष तथा प्रतिनिधि सहितको बैठकले समिति बिस्तार गरेको हो ।
नेपाली कांग्रेस र तरुण दलका कार्यक्रम तथा गतिविधिहरुमा सक्रिय जुझारु युवाहरुलाई समेटेर समावेशी समानुपातिक हिसाबले समिति विस्तार गरिएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार संगठनमा सक्रिय युवाहरुलाई जिल्ला सदस्यको जिम्मेवारी तोकिएको छ ।
थपिएका जिल्ला सदस्यहरुमा सरोज गुरागाई, ज्योतिष चौधरी, दीपक पुरी, शिवकुमार यादव, सन्तोष पोखरेल, बिमलकुमार यादव, पर्वत दाहाल, मुरारी पोखरेल, सरोज कार्की, ओम खड्का, बिनोद तामाङ, अर्जुन कोइराला रहेका छन् ।
त्यस्तै खेमराज थापा, विद्यानन्द मेहता, अनिल यादव, मनिष कुमार साह, चिन्तामणि सापकोटा, बलराम मेहता, खगेन्द्र कार्की, नगेन्द्र यादव, दुर्गा बहादुर चौहान, सन्दीप अधिकारी, अजित राई, प्रमोद चौधरीपनि जिल्ला सदस्यमा मनोनित भएका छन् ।
बैठकले करण तामाङ, चन्द्र लिम्बू, प्रकाश राई, निकेश खतिवडा, उर्मिला देवी ऋषिदेव, बीरेन्द्र मेहता, सुजित राना मगर, दीपा वाग्ले, राजु थापा, सन्त लिम्बू, आरिफ लिम्बू, सगिर आलम, हसबुल साफि, इजराइल खान, मोती यादब, सन्तोष भगतराज श्रेष्ठ, राज राई र राज श्रेष्ठलाई समेत जिल्ला सदस्यमा मनोनित गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]