News flash

विराटपथ

बुधबार, चैत्र १८, २०७७

विराटनगर । नेपालको ग्रामिण क्षेत्रमा कोदोबाट उत्पादन हुने घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्नुपर्ने भनेर अभिब्यक्ति दिने एमाले नेतृ उषाकला राईले प्रदेश १ को सामाजिक विकास मन्त्री भएलगतै घरेलु मदिराको प्रतिबन्धमा आफ्नो मत नरहेको प्रष्ट पारेकी छन् ।
केही दिन अघि मात्र सामाजिक विकास मन्त्रीको सपथ लिएर बुधबार मन्त्रालयले अघि सारेको योजनाका बिषयमा जानकारी दिदै आफु गाँउघरमा उत्पादन हुने कोदोको मदिराको ‘ब्रान्डिङ’ का लागि कानूनी र ब्यावहारिक पक्षको अध्ययनमा लागेको जनाउ दिएकी छन् ।
मन्त्रीको कार्यभार सम्हालेको ६ दिन पश्चात पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक विकास मन्त्री राईले व्याण्ड भर्सेज ब्राण्डको अवधारणा अनुसार नेपाली कोदोको मदिरालाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यवहारिक पक्षको अध्ययन गरि लागू गरिने उल्लेख गरिन् ।
उनले दोश्रो चरणको कोरोना संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखेर कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन ः सञ्चालनको तयारी गरिएको जनाइन् । मन्त्री राईले सवै जिल्ला अस्पतालमा कम्तिमा १० वेड सम्म कोभिड आईसोलेसन वार्ड तयार गरिने जानकारी दिइन् ।
रकमको अभावमा उपचार गर्न नसक्ने गरिबका उपचारका लागि कार्यविधि र मापदण्ड बनाएर निशुल्क उपचारको ब्यवस्था गरिने, शिक्षाको गुणस्तरमा सुधार गर्न भौतिक पूर्वाधार निर्माण, विस्तार तथा जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने मन्त्री राईले जनाइन् ।
मन्त्री राईले चाडै नै प्रदेश खेलकुद बोर्ड र जिल्ला खेलकुद विकास समितिहरु गठन गरिने समेत उल्लेख गरिन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल