News flash

प्रल्हाद गुरागाई

शनिबार, चैत्र ०७, २०७७

विराटनगर । सन् २०१२ मा बिबिसी नेपाली सेवाको कार्यक्रम साझा सवाललाई कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सोधे प्रधानमन्त्रीज्यू सन्चै हुनुहुन्छ । कोइराला निवासमा गरिएको छाँयाकंनका क्रममा कोइरालाले मुस्कुराउँदै जवाफ दिएका थिए, ‘ठिकै छु ।’
त्यतिबेला राजसंस्थाको पूर्ण रुपमा अन्त्य भएको थिएन । तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएसँगै उनको राजनीतिक धपेडी मात्र होइन स्वास्थ्यपनि क्रमश कमजोर बन्दै गएको थियो । हरेक समय चिकित्सकसहित हिड्ने तत्कालिन नेपाली काँग्रेसको सभापति कोइरालाले विराटनगरमा भनेका थिए,‘मलाई यो थोत्रे कुर्सीमा बस्नु छैन, यो कुर्सी फेर्न पाए शान्ति मिल्ने थियो ।’
तराईमा मधेश आन्दोलनको बिद्रोहको स्वर उठ्न थालिसकेको थियो । समय अनुरुप फेरिदै गएको रंगमा कोइराला कहिले सालिन बन्थे त कहिले आक्रमण । विराटनगर आएर नै माओवादीको युवा संगठनलाई वाईसिएललाई योङ क्रिमिनल लिगदेखि लिएर छिमेकी भारतको सहयोग भए तराईको मधेश आन्दोलनलाई तत्काल ठीक पार्ने सम्मका अभिब्यक्ति एकै छिनमा अखवार, रेडियो र टेलिभिजनका ताजा समाचार बन्थे ।
………..
अमेरिकी सेनाले इराकमा सद्दाम हुसेनलाई मारेको थिए । त्यहि दिनको साँझको समयमा प्रधानमन्त्री कोइराला गृहनगर विराटनगर आईपुगे । त्यतिबेला अहिलेको जस्तो अनलाइनको प्रभाव थिएन बरु एमएम रेडियोको प्रभावले सर्वसाधारणमा जरो गाडेको थियो । प्रधानमन्त्री विराटनगर आउँदा कि विमानस्थल वा कोइराला निवास सञ्चारकर्मी पुगेकै हुन्थे । त्यसदिन बिबिसी नेपाली सेवाका प्रतिनिधि टंक खनाल, अन्नपूर्ण पोष्टका शेखर रेग्मी, नेपाल वान टेलिभिजनका शम्भु भण्डारी, राससका शर्मानन्द चौधरी, नेपाल टेलिभिजनका मोहन मानन्धरसहित यो पक्तिंकार निवास पुग्यौ । सद्दाम हुसेन मारिएको प्रसंगमा हामीले सोध्यौ, कोइरालाले फ्याट्ट जवाफ दिईहोले, ‘अरु त त्यस्तै हो मारिचाहिँ हाल्नु हुदैन थियो ।’
कोइरालाको प्रतिक्रिया लिएसँगै हामी समाचार सम्प्रेषणका लागि हिडिहाल्यौ । एकै छिनमा कोइराला निवासमाबाट टेलिफोन आयो र भनियो, ‘अरु समाचार लेख्नुहोला तर त्यो सद्दाम हुँसेनको बिषयमा केही नलेख्नु होला । त्यसले असर गर्छ रे, गिरिजाबाबुले भन्नुभएको ।’
शायद उनको त्यो अभिब्यक्तिले कुटनीतिक मर्यादामा असर पर्ने भएर होला । उनले तत्काल सञ्चाकर्मीलाई आफुलाई असर पर्न सक्छ कि भनेर सचेत गराईहाले । नत्र त्यो समाचार सञ्चारमाध्यमहरुमा अर्को ब्रेकिङ समाचार बन्नसक्थ्यो ।
…….
बयोबृद्ध नेताप्रति मात्र होइन, कोइराला निवास र कोइराला परिवारप्रति काँग्रेसी कार्यकर्ताको ठूलो लगाव थियो । कोइरालाले पनि काँग्रेससँगै काँग्रेसी कार्यकर्तालाई उत्तिकै माया गर्थे । काठमाडौबाट विराटनगर आएका कोइरालाले त्यो बेलापनि प्रधानमन्त्री थिए । दिउँसो विराटनगर आएका कोइरालाले त्यो दिन कोइरालाले केही बोलेनन् र भोलि बोल्ने बताए । साँझमा गोपालमानसिंह राजभण्डारीको फोन आयो, भोलि विहान गिरिजाबाबुले बोलाउनु भएको छ । सञ्चारकर्मी विहानै निवास पुगे, पत्रकारसँगको कुराकानी सक्कियो । उनले आफै पत्रकारलाई चिया खुवाउन आग्रह गरे । हामी चियाको चुस्किमा गिरिजाबाबुसँग जिस्कदै थियो । एकजना महिला आफ्नो छोरीलाई लिएर त्यहाँ थिइन् । पत्रकारलाई छिचोल्दै उनले भनिन्, ‘गिरिजाबाबु यसलाई (छोरीलाई देखाउँदै) बैङ्कमा कामका लागि भनेको अहिलेसम्म भाको छैन ।’
तत्कालिन प्रधानमन्त्री कोइरालाले निधारमा हात राख्दै पुलुक्क ती महिलातिर हेरे अनि भने, ‘ए बालकृष्ण (उनको नीजि सहायक बालकृष्ण दाहाल) वहाँको कुरा बुझेर कुन बैंङक हो कुरा गराउ ।’ ती महिलासँग बालकृष्णले केहीबेर भलाकुसारी गरे अनि भित्रबाट कर्डलेस ल्याएर फोन लगाउँदै कोइरालालाई दिए । कोइराला धेरै बोलेनन् र भने, ‘वहाँको काम गरिदिनु ।’
सधैभरि कोइरालाका अभिब्याक्ति सञ्चारमाध्यमका लागि ब्रेकिङ न्युज बन्ने गथ्र्यो । उनी काठमाण्डौमा बिरलै सञ्चारमाध्यमलाई अभिब्यक्ति दिन्थे । त्यस्तो केही बोल्नु परेमा विराटनगर आउने कोइरालाको विराटनगरको सञ्चारकर्मीसँग धेरै निकट थिए । थोरै तथा सटिक बोल्ने कोइराला एकैसाथ धेरै प्रश्नको जवाफ दिदैनथ्थे । अझ रोचक कुरा त के छ भने, उनी कुन सञ्चारमाध्यम हो बोल्ने कि न बोल्ने तौलेर मात्र अभिब्यक्ति दिन्थे । अझ बिबिसी नेपाली सेवाको लोगोसहितको बुम देख्ता त उनी हौसिएर बोल्थे ।
देशको चारपटक प्रधानमन्त्री भएका कोइरालाको २०६६ साल चैत्र ७ गते ८५ बर्षको उमेरमा निधन भयो । छोरी सुजता कोइरालाको घरमा उनको चैत्र ७ गते १२ बजेर १० मिनेटमा निधन भएको थियो ।
…………..
हरेक दिन राजनीति चहलपहल हुने कोइराला निवास शक्तिको एक केन्द्र थियो । जतिबेला सम्म काँग्रेसको नेतृत्व मात्र नभएर सत्ताको बागडोर कोइराला परिवारको हुन्थयो त्यो बेलासम्म कोइराला निवासको रौनक नै बेग्लै थियो । यो रौनकलाई लामो समयसम्म काँग्रेस नेतृ तथा गिरिजाप्रसाद कोइरालाको भाउजु नोना कोइरालाले जगाएकी थिइन् । उनको देहवसान पश्चातपनि निवासमा आश्रय लिएर बसेकी उमा शर्माले धानिन् । तर शर्माको निधन पश्चात अहिले कोइराला निवास शान्त छ, सुनसान छ ।
कोइराला निवासले आर्दश र प्रेम मात्र होइन्, सद्भाव र परम्परापनि धानेको थियो । कोइराला निवासमा पुग्ने जो कोहीपनि पाहुना हुन्थे, एक गिलास पानी मात्र भएपनि खाएर फर्कन्थे । तर अहिले सुनसान बनेको कोइराला निवासमा भित्तामा टागिएका तस्वीर, बिभिन्न इतिहासिक दस्तावेज लगायतका सामाग्री इतिहास बनेका छन् । केही बर्ष अघिसम्म पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले प्रयोग गर्ने सामाग्रीपनि अब इतिहास बनेको छ ।
कोइराला निवासको स्वदेशमा मात्र होइन् । अन्य देशका लागि पनि उत्तिकै योगदान छ । भारतका चर्चित साहित्यकार फणिश्वर नाथ रेड्डीले यही निवासको आश्रयमा एसएलसीसम्मको अध्ययन गरे । बिश्वनाथ कोइराला अर्थात बिपी कोइरालाले लामो समयसम्म दार्जिलिङमा वकालत गरे । २००७ सालको क्रान्तिमा स्वदेश फर्किएका बिपी सोही समय जेल परे । सिन्धुलीका दुम्जेबाट बसाँई सरेका पिताजीले मात्र विराटनगरको लागि सोचेनन्, देश र जनताको हितमा आफ्नो उर्वर समयलाई सदुपयोग गरे । उनका सन्ततिले उनैको बाटो राजे तर पछिल्लो पुस्ताले आफ्नै पुर्खाले योगदानलाइ बिर्सिए । गिरिजाप्रसाद, शैलजा आचार्य र नोना कोइरालाको स्मृतिग्रन्थ समेत लेखिसकेका साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदी कोइराला निवासको अस्तित्व ओझेलमा परेको बताउँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला यसको संरक्षणका लागि केही प्रयन्त्न भएको बताँउछन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ गर्ने पिताजी कृष्णप्रसाद कोइरालाले जोडेको यो निवास आउने भावी पिढीका लागि अनुसन्धानका लागि केन्द्र बन्न सक्छ । अहिले यो भवनमा भएका सामाग्री कालान्तरमा गएर एकादेशको कथा बन्न सक्छ । जीवित रहेका पिताजी कृष्णप्रसादका सन्तति अहिले पनि देशको राजनीतिको केन्द्र भागमा छन् । देशले समेत कोइराला परिवारको इतिहासलाई बिर्सेको छैन । यो अबस्थामा परिवारले जोगाएका जे जति सम्पत्ति छ, त्यसलाई संरक्षण र प्रर्बद्धन गर्नुपर्ने अबस्था छ । सोही परिवारको सद्भाव र आर्शिवाद पाएर धेरैले सत्ताको स्वाद चाखेका छन् । उनीहरुले समेत जिउँदो इतिहास बनेको निवासको गरिमालाई जोगाउनु आबश्यक छ । होइन भने यो निवासको इतिहास जोगिन सक्दैन ।

  • फाइल तस्वीर

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

विराट मिडिया नेटवर्क (प्र.)

# सूचना विभाग दर्ता नं. : – XXXXXXX
# ठेगाना :- विराटनगर महानगरपालिका – ९ शान्तिचोक
# सम्पर्क : – ९८५१०५२८११
# इमेल :- [email protected]

टिम

# अध्यक्ष  : सुष्मा श्रेष्ठ
# सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
# सम्पादक  : दीपक कोइराला
# भिडियो निर्देशक : प्रतीक श्रेष्ठ