विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघको केही महिना अघि भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा पराजित विराटनगरका उद्योगी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी विराटनगरका बासिन्दा हुन ।
उद्योगी प्रधानसहित दुईसय ३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोती दुगडले बताए । प्रधान लगायत अन्य ब्यवसायी दुगड कै पहलमा एमालेमा प्रवेश गरेको बताइएको छ । प्रधान लगायत अन्य उद्योगी ब्यवसायीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर पार्टी प्रवेश गराएका थिए ।
प्रधानसँगै सीताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सरावगी लगायतका उद्योगी व्यवसायी पनि एमालेमा प्रवेश गरेका छन् ।