News flash

विराटपथ

शुक्रबार, चैत्र ०६, २०७७

विराटनगर । विराटनगरको मानवसेवा आश्रममा आश्रय लिएर बसेका पाँचजनालाई परिवारका आफन्तले घर लगेका छन् । आश्रमको विराटनगर शाखाका अनुसार यसरी घर फर्कनेमा एक जना भारतीय नागरिक समेत रहेका छन् ।
सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्दै आएका सहयोगापेक्षी मानिसहरुलाई आश्रमले आफ्नो संरक्षणमा राख्दै आएको छ । उनीहरुको स्वास्थ्यमा क्रमश सुधार आएको समेत सो शाखाले जनाएको छ । घर फर्कर्नेहरुमा भारत विहार फारविसगंजका राजु मण्डल, सप्तरीको कन्चनरूप नगरपालिकामा ससुराली भएका बब्लु चौधरी, सुनसरीको धरान उपमहानगरपालिका घर भएका मोतीबहादुर बुढाथोकी र विराटनगरका सकुन्तला मण्डल र देवकी सहनी रहेका छन् ।
स्वास्थ्यमा सुधार भएपछि उनीहरुले आफ्नो ठेगाना तथा आफन्त बताउन सक्ने भएका थिए । सोही आधारमा उनीहरुको परिवारसँग पूर्नमिलन भएको हो । ती मध्ये तीनजनालाई आश्रमले आफन्तको खोजी गरेको थियो भने बाँकी दुईजनाका परिवार आफन्त खोज्दै आश्रम पुगेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल