विराटनगर । परिवारसँग निक्कै समय टाढिएर पोखरामा बस्दै आएका पूर्व युवराज पारस शाह केही दिनदेखि विराटनगरमा देखिएका छन् ।
झापामा केहीदिन अघि शाह परिवारले आयोजना गरेको एक समारोहमा पुगेका पूर्व युवराज पारस मंगलबार साँझ विराटनगरको पिजफायर नामक रेष्टुरेन्टमा पुगेका थिए । उनी बुधबार पनि सोही रेष्टुरेन्ट पुगेका थिए । रेष्टुरेष्टका कर्मचारी आरोन लम्सालका अनुसार पूर्व युवराजले त्यहाँ कफि र पिज्जा खाएका थिए ।
उनी विराटनगरको रत्ना होटलमा बसेका छन् । बुधबार साँझ उनका सर्मथकहरु पुष्पगुच्छा लिएर रत्ना होटल पुगेका थिए । उनीहरुले पारससँग सामूहिक तस्वीर समेत खिचाएका थिए । उनी विराटनगर आएर बस्नुको प्रमुख कारण घुमघाम मात्र रहेको बुझिएको छ ।