News flash

विराटपथ

सोमबार, माघ ०५, २०७७

विराटनगर । विराटनगरका युवाहरुले विकास निर्माणको कार्यमा सहजता प्रदान गर्न निर्माण कम्पनी बशिष्ठ डेभलपर्सको शुभारम्भ गरेका छन् ।
आज विराटनगरको पुष्पलाल चौकमा बशिष्ठ डेभलपर्स प्रालिको विधिवत् शुभारम्भ गरिएको हो । जेष्ठ नागरिक तथा सोही स्थानका बासिन्दा बलबहादुर भट्टराईले प्रालिको उद्घाटन गरेका थिए । पछिल्लो समय विकास निर्माणको कार्यले गति लिन थालेपछि युवाहरुमा यस ब्यवसायको आर्कषण बढेको हो ।
प्रालिका कार्यकारी निर्देशक विमल भट्टराईका अनुसार सो कम्पनीमा १५ जना युवाको साझेदारी रहेको छ । जसको नेतृत्व भने भट्टराईले गरेका छन् । ‘हामीले ब्यवसायिक रुपमा यस कार्यलाई थालनी गरेका हौ ।’ कार्यकारी निर्देशक भट्टराईले विराटपथलाई भने, ‘युवाहरुमा पेशागत क्षमताको बृद्धि गर्दै स्वआर्जन गर्ने कार्यमा यसले सहजता दिनेछ ।’
प्रालिका कार्यालय प्रमुख पर्वतराज निरौलाले विराटनगरलाई केन्द्र मानेर कम्पनीले काम गर्ने बताए । उनले मुलुक प्रादेशिक संरचना गएपछि विकास निर्माणको कार्य दु्रत गतिमा अघि बढेको समेत जनाए ।
सो कम्पनी २ करोड लगानीमा स्थापना भएको हो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल