विराटनगर । मोरङको सुनबर्षीमा शुक्रबार मध्यरातमा एकजना हतियार सहित पक्राउ परेका छन् । सुनबर्षी नगरपालिका ५ झुंगीचोकबाट कटुवा पेस्तोलसहित ४१ बर्षिय राजकुमार मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शुक्रबार राती अन्दाजी १२ बजे सोही स्थान बस्ने मण्डललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोली पक्राउ गरेको थियो । मध्यरातमा हिडिरहेका मण्डललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको कम्मरमा लुकाई राखेको एकथान कटुवा पेस्तोल, सो पेस्तोलमा लाग्ने दुईथान गोली, १९ हजार तीनसय २५ रुपैया र दुईथान मोबाईल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।
पक्राउ परेका मण्डललाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।