News flash

विराटपथ

बिहिबार, मंसिर १८, २०७७

विराटनगर । उदयपुरको बेलका नगरपालिका भागलपुरस्थित रेन्ज पोष्टमा कार्यरत रेन्जर लेखनाथ बाँस्तोलाको मृत्यु स्वाभाविक नभएको आफन्तले आरोप लगाएका छन् । बाँस्तोलाको श्रीमति शर्मिलाले आफ्नो श्रीमानको हत्या भएको जनाएकी छन् ।
‘बुधबार साँझ ८ बजे हाम्रो मोवाइलमा कुराकानी भएको थियो । बिहिबार घर फर्कने कुरा थियो । तर राती नै एक्कासी वहाँको मृत्युको खबर पाए ।’ घटनास्थलमा रहेकी शर्मिलाले भनिन्, ‘अहिले यहाँ आएर हेर्दा वहाँको मृत्यु बन्दुक पड्किएर छर्रा लागेर भए जस्तो लाग्दैन । वहाँलाई हत्या गरेर यहाँ ल्याएर राखे जस्तो लाग्छ ।’
प्रहरीले भने बाँस्तोलाको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जनाएको छ । वन कार्यालयको बा १ झ ६७१० नम्बर गाडीको पछिल्लो दिशाको भुँई तर्फ बाँसतोलाको शव रहेको छ । उनको अनुहारमा चोट लागेको छ भने, लगाएको लुगा उस्तै रहेको छ । उनी सवार रहेको सरकारी गाडी रगतको पुरै आहल रहेको घटनास्थलमा रहेका बाँस्तोलाका छिमेकी अर्जुन खड्काले विराटपथलाई बताए । ‘उनी लडेको जमीनमा एक थोपा रगत छैन । गाडीमा रगतको आहाल छ ।’ खड्काले विराटपथसँग भने,‘यो भरुवा बन्दुक आफै पड्किएर भएको घटना जस्तो लाग्दैन ।’


स्थानीयबासी रिता माझीपनि राती एक्कासी बन्दुक पड्किएको आवाज आएको तर बन्दुक कहाँ पड्किएको थाहा नभएको बताइन् । उनले बाँस्तोलाको मृत्यु भएको कुरा पत्याउनै मुस्किल परिरहेको उल्लेख गरिन् ।
बुधबार बाँस्तोलालाई भरुवा बन्दुकको छर्रा लागेको बताइएको छ । अन्दाजी ४५ बर्षिय बाँस्तोला उदयपुरको बेलका नगरपालिका भागलपुरस्थित रेन्ज पोष्ट कै आसपासमा बस्दै आएका थिए । सुनसरीको दुहबी नगरपालिका ४ का स्थायी बासिन्दा बाँस्तोलाका परिवारले उनको मृत्यु बारे बुधबार अबेर रात मात्र थाहा पाएका थिए ।
प्रहरी श्रोतका अनुसार बुधबार राती बाँस्तोलासहितको टोली गस्ती गर्न वन क्षेत्रतर्फ गएका थिए । गस्तीको क्रममा शिकारी भाग्ने क्रममा छोडेर गएको भरुवा बन्दुक लिएर सो गस्ती टोली फर्किएको थियो । सोही भरुवा बन्दुक एक्कासी पड्किएर बाँस्तोलालाई लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटना बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल