News flash

विराटपथ

बिहिबार, मंसिर १८, २०७७

विराटनगर । जिल्ला वन कार्यालय उदयपुरमा कार्यरत एक कर्मचारीको गोली लागेर मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका भागलपुरस्थित रेन्ज पोष्टमा कार्यरत वनरक्षक लेखनाथ बाँस्तोलाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । बुधबार राती करिब ११ बजे भरुवा बन्दुकको गोली लागेको थियो ।
अन्दाजी ४५ बर्षिय बाँस्तोला उदयपुरको बेलका नगरपालिका भागलपुरस्थित रेन्ज पोष्ट कै आसपासमा बस्दै आएका थिए । सुनसरीको दुहबी नगरपालिका ४ का स्थायी बासिन्दा बाँस्तोलाका परिवारले उनको मृत्यु बारे बुधबार अबेर रात मात्र थाहा पाएका थिए ।
प्रहरी श्रोतका अनुसार बुधबार राती बाँस्तोलासहितको टोली गस्ती गर्न वन क्षेत्रतर्फ गएका थिए । गस्तीको क्रममा शिकारी भाग्ने क्रममा छोडेर गएको भरुवा बन्दुक लिएर सो गस्ती टोली फर्किएको थियो । सोही भरुवा बन्दुक एक्कासी पड्किएर बाँस्तोलालाई लागेको थियो । भरुवा बन्दुकको छर्राले उनको छातीमा लागेको थियो ।
यता पारिवारिक श्रोतले भने उनीमाथि गोली प्रहार भएको जनाएको छ । ‘उनको हत्या भएको खबर अबेर रात मै पाएका हौ । अहिले हामी घटनास्थलतर्फ जाँदै छौ ।’ बाँस्तोलाबा छिमेकी अर्जुन खड्काले विराटपथसँग भने,‘थप बिषयमा भने जानकारी छैन । तर गोली प्रहार गरेर हत्या गरिएको भन्ने बुझेका छौ । यो घटना शंकास्पद रहेको छ ।’
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको अनुसन्धान थालेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल