News flash

विराटपथ

सोमबार, मंसिर १५, २०७७

विराटनगर । सुनसरी दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरी पाँच दिन अघि साँझको अबेरसम्म घर फर्केनन् । मंसीर १० गतेको दिन साँझ साढे सातबजे सम्म उनी परिवारको सम्पर्कमा नै थिए । छोरा अबेरसम्म घर नफर्केपछि अभिभावकले उनलाई निरन्तर सम्पर्क गरे । साँझको सात बजेर ३९ मिनेटमा उनको फोन अरु कसैले उठायो । अभिभावकले चौधरी साथीहरुसँग भएको आशंका गरे ।
त्यो दिन, रातभर चौधरीका पिता सुरेन्द्रनारायणले छोरा घर फर्कने आशा गरिरहे । मंसीर ११ गते विहानदेखि नै उनीहरु छोराको खोजीमा जुटे । टोल गाँउमा सोधखोज गरे । तर सुजन घर फर्केनन् । कक्षा ११ मा अध्ययनरत उनी साथीहरुसँग कतै गए कि भनेर आशंका पनि गरियो । तर उनी कहाँ गए, कहि पत्तो लागेन् । त्यसपछि मात्र उनीहरु छोरा हराएको भन्दै मंसीर ११ गते ११ बजे इलाका प्रहरी कार्यालय, दुहबी पुगे ।
प्रहरीले पनि उनको खोजी कार्यलाई तिब्रता दियो । तर प्रहरीले समेत उनको अबस्थाबारे केही पत्ता लगाउन सकेन । मंसीर १३ गते भने मृतकको दाजुलाई कुनै शंकास्पद मोवाइलबाट अपहरण शैलीको फिरौती रकम मागिएको एसएमएस आयो । अनि प्रहरीले अनुसन्धानको सुईलाई त्यसतर्फ केन्द्रीत गर्यो । ‘एसएमएस त्यस्तो प्रष्ट थिएन् । तर अपहरण, फिरौती जस्ता कुरा हुन सक्ने हाम्रो अनुमान थियो ।’ सुनसरी प्रहरी प्रमुख कमल थापाले विराटपथसँग भने, ‘हामीले अनुसन्धानलाई प्राविधिक रुपमा केन्द्रीत गर्यौ र त्यहि एसएमएसलाई आधार मान्दै सघन अनुसन्धानमा जुट्यौ ।’
अनुसन्धानमा जुटेको सुनसरी प्रहरीले मंसीर १४ गते भने यो प्रकरण केही उपलब्धि हासिल गर्यो । यो घटनामा संलग्न भएको अनुमान गरिएका दुहबी २ का सुमन झालाई निगरानी गरिरहेको प्रहरीले उनको कोठामा मंसीर १४ गते साँझ छापा मार्यो । झाको कोठामा मृतक चौधरीले प्रयोग गर्ने ट्याब फेला परेपछि प्रहरीले झालाई नियन्त्रणमा लियो ।
‘अभियुक्त झाले नै हामीलाई मृतकको शव भएको स्थान देखाए ।’ एसपी थापाले भने, ‘सोही आधारमा हामीले उनी लगायत अन्य दुई जनालाई पक्राउ गरेका छौ ।’
पाँच दिनदेखि बेपत्ता चौधरीको शव सोमबार विहान करिब ५ बजे फेला परेको थियो । दुहबीमा रहेको अरुण बनस्पति उद्योगको उत्तरतर्फ रहेको झाडीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एसपी थापाले सुजनको हत्यामा संलग्न भएको आरोपमा सोही स्थान बस्ने २० बर्षिय सुमन झा लगायत अन्य दुई जनालाई पक्राउ गरेको छ । मृतकको घर र अभियुक्त झाको घर करिब एकसय मिटरको दुरीमा छ ।
घटनाको बिषयमा झाका बिरुद्धमा किटानी जाहेरी परेको छ । मृतकका फुपाजु कृष्णकुमार चौधरीले किटानी जाहेरी दिएका हुन । घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको एसपी थापाले जानकारी दिए । शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल